१० मंसिर, २०८१ सोमबार

08:50:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआइसी एसिया लघुवित्तको संस्थापक सेयर बिक्री हुँदै, कहिलेसम्म दिन मिल्छ आवेदन ?

Nepal Business

२८ चैत, २०७८

एनआइसी एसिया लघुवित्तको संस्थापक सेयर बिक्री हुँदै, कहिलेसम्म दिन मिल्छ आवेदन ?

काठमाण्डौं । एनआइसी एसिया लघुवित्तका संस्थापक सेयरधनीहरुले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । एसिया लघुवित्तका केही संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न लागेका हुन् । 

कम्पनीले बिक्रि गर्न लागिएको संस्थापक सेयरको बिक्रि मूल्य र सेयर सैख्या खुलाएको छैन । संस्थापक सेयर खरिदका लागि यसको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।

यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।सेयर खरिद गर्न इन्छुक संस्थापकले सोमबारबाट लागू हुने गरि ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिन कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले एनआइसी एसिया लघुवित्तको कर्पोरेट कार्यालय बनेपा, काभ्रेमा निवेदन दिनुपर्नेछ ।