१० मंसिर, २०८१ सोमबार
08:27:13 AM
२८ चैत, २०७८
काठमाण्डौं । उपकार लघुवित्तको आइपीओका लागि मागभन्दा धेरै आवेदन परेको छ । सोमबारसम्म आइपीओका लागि १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको सीडीएसले जानकारी दिएको हो ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८४.३४ गुणा बढी आवेदन परेको सीडीएसले जनाएको छ ।
कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । यसमध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको हो ।
बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।