१० मंसिर, २०८१ सोमबार

08:37:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलेफी हाइड्रोपावरको आइपीओ प्रि–अलटमेन्ट सम्पन्न, कहिले हुन्छ बाँडफाड ?

२८ चैत, २०७८

बलेफी हाइड्रोपावरको  आइपीओ प्रि–अलटमेन्ट सम्पन्न, कहिले हुन्छ बाँडफाड ?

काठमाण्डौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट सम्पन्न भएको छ । कम्पनीले चैत १६ गतेदेखि २१ ग्तेसम्म आइपीओ निष्कासन गरेको थियो । 

कम्पनीको आईपीओ बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यलयमा प्रि–अलटमेन्ट सम्पन्न भएको हो । यसपछि यसबारे नेपाल धितोपत्र बोर्डलाई जानकारी दिइन्छ । त्यसपछि बोर्डले अनुमति दिएपछि आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन थियो । 

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १५.७६ गुणा बढी आवेदन हो । माागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ ।