७ मंसिर, २०८१ शुक्रबार

06:51:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'सरकारले लगानीको सुरक्षा गर्छ, ढुक्कले लगानी गर्नुहोस्'

Nepal Business

२७ चैत, २०७८

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ

'सरकारले लगानीको सुरक्षा गर्छ, ढुक्कले लगानी गर्नुहोस्'

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले लगानीको सुरक्षा गर्ने बताउनुभएको छ । 

नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभयो ।

गृहमन्त्री खाँणले सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाएको भन्दै सडक दुर्घटना न्यूनीकरणमा यातायात क्षेत्र गम्भीर हुनुपर्ने बताउनुभयो । 

 “नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री खाँणले सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाएको भन्दै सडक दुर्घटना न्यूनीकरणमा यातायात क्षेत्र गम्भीर हुनुपर्ने बताउनुभयो । 

सुरक्षित यात्राको व्यवस्था कसरी गर्न सकिन्छ त्यसतर्फ यातायात क्षेत्र लाग्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री खाँणले यात्रुलाई सुरक्षितरूपमा गन्तव्यस्थलसम्म पु¥याउने जिम्मा यातायात क्षेत्रको भएको बताउँदै यातायात क्षेत्रलाई परेको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । 

उहाँले राम्रो कन्डिसन भएका सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्नसके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यातायात क्षेत्रको सुधारका लागि आवश्यक पर्ने ऐन, नियम, कानून संसद् चल्न नसकेकाले परिवर्तन गर्न नसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा समयानुकूल परिवर्तन गर्दै लैजाने बताउनुभयो ।

गण्डकी प्रदेशका यातायातमन्त्री कुमार खड्काले मुलुकको विकासको मुख्य आधार सडक सञ्जाल र यातायात भएको भन्दै यसलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 

यातायात क्षेत्रको समस्या राज्यले बुझ्नुपर्ने उहाँको भनाइ थियो ।