८ जेठ, २०८१ मंगलबार

08:39:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

Nepal Business

६ पुस, २०७८

बैठकले यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत


काठमाण्डौं, पुस ६

मंगलबार प्रतिनिधिसभा बैठकले दुईवटा अध्यादेश  स्वीकृत गरेको छ ।

बैठकले यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।
 
 दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
   दुइवटै  अध्यादेशलाई  पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले  दिनुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।