७ मंसिर, २०८१ शुक्रबार

07:03:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आफ्नो गल्ती ढाकछोप गर्न सरकारले गभर्नर चलायो : डा युवराज खतिवडा

Nepal Business

२७ चैत, २०७८

अर्थमन्त्रीले गभर्नरलाई कार्वाही गर्नु उचित नहुने भन्दै पूर्व सरकारले नियुक्ति गरेकै कारण कसैलाई कार्वाही गर्नुपर्ने सोच नै गलत रहेको

 आफ्नो गल्ती ढाकछोप गर्न सरकारले गभर्नर चलायो : डा युवराज खतिवडा

काठमाण्डौ ।  पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारले खस्कँदो अर्थतन्त्र सुधारका लागि काम गरिरहेको अवस्थामा गभर्नरलाई कार्वाही गरेर गलत अभ्यासको सुरुवात गरेको बताउनुभएको छ । 

नेकपा एमाले प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकार व्यक्ति केन्द्रीत र स्वार्थ केन्द्रीत भएर काम गर्दा समस्याहरु बढ्दै गएको बताउनुभयो । 

कुनै पनि अवस्थामा अर्थमन्त्रीले गभर्नरलाई कार्वाही गर्नु उचित नहुने भन्दै पूर्व सरकारले नियुक्ति गरेकै कारण कसैलाई कार्वाही गर्नुपर्ने सोच नै गलत रहेको उहाँको भनाई थियो । 

देशको आर्थिक अवस्था चिन्ताजनक अवस्थामा अगाडि बढिरहेको स्मरण गराउँदै उहाँले कुनै पनि समय नेपालले श्रीलंकाको अवस्था आउने तर्फ संकेत गर्नुभयो । 

उहाँले भन्नुभयो बैकिङ प्रणालीमा लगानीयोग्य पैसाको अभाव भईरहेको छ । घरजग्गा, भ्रष्टाचार, क्रिप्टो करेन्सि लगाएतका क्षेत्रमा पैसा पलाएन भईरहेको स्मरण गराउँदै उहाँले सरकारले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

वर्तमान सरकार बजेटमा खेल्न खोज्दा थप समस्याहरु आईरहेको बताउनुभयो ।  महिनाको १० प्रतिशत खर्च गर्ने सरकारको उट्पट्यांक अभिव्यक्तिले विकास र खर्च नबढ्ने भन्दै उहाँले गर्न सकिने र हुने कुरा जनताकोबीचमा लैजानुपर्ने उहाँको धारणा थियो । 

डा. खतिवडाले संघीय सरकारसंगसंगै प्रदेशको अवस्थामा पनि उस्तै रहेको बताउनुभयो । सरकार प्रदेशमा गठबन्धन टिकाउने खेलमा लाग्दा बजेट खर्च हुन नसकेको बताउनुभयो । गठबन्धन जोगाउने बाहेक अरु कुनै ध्यान दिन नसकेको बर्तमान सरकारले यो बाहेक अरु केही गर्न नसकेको उहाँको आरोप थियो । 

सिरानी मुनीको पैसा झिक्छु भन्ने अर्थमन्त्रीको अभिव्यक्तीले आम नागरिकमा शंका उब्जाएको बताउनुभयो ।