१० मंसिर, २०८१ सोमबार

08:15:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभावित क्षेत्रका लागि रिभर फल्स पावरको आइपीओ बिक्री खुला, ११ गतेसम्म आवेदन दिन सकिने

Nepal Business

२७ चैत, २०७८

७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ७ लाख कित्ता साधार‌ण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरेको छ

प्रभावित क्षेत्रका लागि रिभर फल्स पावरको आइपीओ बिक्री खुला, ११ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं ।  रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ७ लाख कित्ता साधार‌ण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरेको छ । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम दिन वैशाख ११ गते हो । सो अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन मिति वैशाख २६ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले प्रवर्द्धन गरिरहेको पिलुवा खोला जलविद्युत आयोजनाको जडित क्षमता १०.३० मेगावाट छ।