१६ बैशाख, २०८१ आइतबार

09:57:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैतडीमा अशक्त, असहायलाई घरमै नागरिकता

६ पुस, २०७८

अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धाँमीगाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ ।

बैतडीमा अशक्त, असहायलाई घरमै नागरिकता


काठमाण्डौं, पुस ६
जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरघरमा पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । 
 स्थानीय तहमा अन्य कामको सिलसिलामा खटिएका कर्मचारीलाई नागरिकताका लागि आवश्यक कागजात सङ्कलन गरेर जिल्ला प्रशासनमा ल्याउने निर्देशन दिन्छौ । संकलित कागजातको आधारमा नागरिकता बनाएर उनीहरुकै घरमै पठाउने गरेको सूचना अधिकारीले बताउनु भयो ।  नागरिकता लिनका लागि जिल्ला सदरमुकाम पुग्न नसक्ने नागरिकको विवरण सङ्कलन गर्ने व्यवस्था गरेका हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सिगास गाउँपालिकामा सात जना अपाङ्गता भएका नागरिक, अशक्त र ज्येष्ठ नागरिकको नागरिकता बनाएर पठाइसकिएको छ ।  
केही स्थानीय तहमा यो कार्यक्रम सुचारु भैसकेको छ भने केहीमा निरन्तर हुदैजाने बताइएको छ । केही दिनपछि
अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धाँमीगाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ ।