१७ कार्तिक, २०८१ शनिबार
03:24:59 AM
२६ चैत, २०७८
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाउनुभएको छ ।
शनिबार एमालेले काठमाण्डौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाउनुभएको हो ।
उहाँले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको आरोप लगाउनुभएको हो ।
यस्तै सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइतेहरूलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएको समेत तर्क गर्नुभयो ।
अहिले सत्तागठबन्धनको ध्यान देश बनाउने भन्दा पनि कमाइ गर्ने स्थल मात्र बनेको उहाँका भनाई छ ।
ओलीले राजनीतिक दलहरूसँग छलफल नगरी, सत्तापक्षिय दलहरूसँग मात्रै परामर्श गरेर नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले आचारसंहिता ल्याएको बताउनुभयो ।
आयोगले आचारसंहिता नमान्नेलाई जुनसुकै होस कारबाही गरिन्छ, भनेर थर्काएको समेत उहाँले बताउनुभयो ।
उहाँले निष्पक्ष भएर काम गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण पनि गराउनुभयो । कार्यक्रममा विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराइएको थियो ।