२१ बैशाख, २०८१ शुक्रबार

10:17:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णालीमा पनि शुरु भयो जग्गाधनी पुर्जा वितरण

Nepal Business

२६ चैत, २०७८

आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।

कर्णालीमा पनि शुरु भयो जग्गाधनी पुर्जा वितरण

कणाली, 
राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले कणालीमा पनि जग्गाधनी पूर्जा वितरण थालेको छ । शाखाले अहिले दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा  भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।

वर्षौंपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरु बञ्चित हुँदै आएका थिए । 

आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छ । अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्यलगायतले जग्गाधनी पुर्जा वितरण गर्नुभएको थियो ।

सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन ।

वर्षौंपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरु बञ्चित हुँदै आएका थिए । 

अध्यक्ष निरौलाले सरकारले भूमिहिन, सुकुम्बासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताउनुभयो ।

जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहिनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारणा व्यक्त गर्नुभयो । 

उप–प्रमुख आचार्यले भन्नुभयो, “ नागरिकको वर्षौंदेखिको ठूलो समस्या समाधान भएको छ ।अब नगरभित्रका बाँकी भूमिहिन सुकुम्बासीलाई जग्गा दिनाका साथै पुर्जासमेत प्रदान गर्न पहल गर्छौँ ।”