१० मंसिर, २०८१ सोमबार
08:43:05 AM
२५ चैत, २०७८
नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । यो साता नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
१. विजय लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।
२. नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेड
नेप्सेमा नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको २ लाख ९ हजार ३ सय कित्ता सेयर सूचिकृत भएको हो ।
३. रिलायन्स फाइनान्स कम्पनी लिमिटेड
रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।