१० मंसिर, २०८१ सोमबार
08:23:29 AM
२५ चैत, २०७८
शुक्रबार ५ः१७ बजेसम्ममा कम्पनीको आईपीओमा ५ लाख ७ हजार १ सय ९८ आवेदनबाट ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको ५९ लाख ९ हजार ९८० कित्ता सेयरको लागि आवेदन परेको छ ।
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले आज (चैत २४ गते शुक्रबार) देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ५ लाख ७ हजार १ सय ९८ आवेदनबाट ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको ५९ लाख ९ हजार ९८० कित्ता सेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाइएको भन्दा २६.७३ गुणा बढी हो ।
लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्य दरका २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।
लघुवित्तको आईपीओमा छिटोमा चैत २९ गते र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा लघुवित्तलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।