७ मंसिर, २०८१ शुक्रबार
01:43:56 PM
२५ चैत, २०७८
अर्थतन्त्रमा आएको तलरताका कारण सेयर बजारमा प्रभाव परेको विश्लेषण भईरहेको समयमा राष्ट्रबैंकले खेल्ने भूमिकालाई महत्वका साथ हेरिएको छ ।
काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन बिहीबारदेखि सेयर बजार सकारात्मक मोडबाट अगाडि बढेको छ । अघिल्लो साताको बुधबार बढेर निरन्तर घटेको बजार साताको अन्तिम दिन सकारात्मक संकेत सहित बन्द भएको छ ।
लगानीकर्ताहरुलाई थोरै आशा जगाउँदै यो साता सेयर बजार बन्द भएको हो । अन्तिम दिन बजार बढेपनि साताभर घटेकाले यो साता ८० अकंले बजार घटेको छ । यो साता बिहीबार १ दिन मात्र बजार करिव ३६ अंकले बढेको हो । यो साता ९ अर्ब ७१ कारोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
साताको अन्तिम दिन सेयर बजार बढेकाले लगानीकर्ताहरुमा थोरै आशा पलाएको छ । निरन्तर बजार घटेर निराश बनिरहेका लगानीकर्ताहरुमा बिहीबार बजार बढेसंगै सेयर बजारमा चैतको प्रभाव हट्दै गएको हो की भन्ने आशा पलाएको विश्लेषण हुन थालेको छ ।
बिज्ञहरुले पनि वैशाख लागेपछि बजार बढ्ने बताइरहेका छन् । विगतका वर्षहरुमा पनि चैत्र महिनामा सेयर बजारमा सकारात्मक खबर कमै सुन्न पाईन्थ्यो । चैत्र महिना सकिनै लाग्दा कारोबार हुने अन्तिम दिन बजार बढ्दा लगानीकर्ताहरुलाई केही उत्साह थपिएको छ ।
अर्थतन्त्रमा आएको तलरताका कारण सेयर बजारमा प्रभाव परेको विश्लेषण भईरहेको समयमा राष्ट्रबैंकले खेल्ने भूमिकालाई महत्वका साथ हेरिएको छ । कतिपयले अर्थमन्त्री र गभर्नरको व्यक्तिगत इगोगका कारण सेयर बजारमा नकारात्मक उतारचढाव आईरहेको बताएका छन् ।
तर पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले आफु सेयर बजारप्रति नकारात्मक नरहेको बताएउनुभएको छ । यसले पनि सेयर बजारमा केही आशा गर्ने अवस्था रहेको विज्ञहरुले विश्लेषण गर्दै आएका छन् ।