७ मंसिर, २०८१ शुक्रबार

01:39:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

योग्य संस्थागत लगानीकर्तामा थपिए ८ कम्पनी, कसले–कसले पाए स्वीकृति (पूर्णपाठसहित)

Nepal Business

२५ चैत, २०७८

योग्य संस्थागत लगानीकर्तामा थपिए ८ कम्पनी, कसले–कसले पाए स्वीकृति  (पूर्णपाठसहित)

काठमाण्डौं– नेपाल धितोपत्र बोर्डले ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको छ । बोर्डले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति दिएको हो । 

योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृत पाउनेमा सानिमा लार्ज क्याप फण्ड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, प्रभु सेलेक्ट फण्ड, अल्का इनभेष्टमेण्ट प्रालि, स्काई टच इनभेष्टमेण्ट एण्ड कन्सल्टेण्ट प्रालि, टेलिभेञ्चर पार्टनर्स प्रालि, नेपाल इनफ्रास्ट्रक्चर बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् ।  

बोर्डले अनुमति दिएसँगै यी कम्पनीहरुले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन र संस्थागत लगानीकर्ताका रुपमा सेयर किनबेच गर्न पाउनेछन् ।

बोर्डले ८ कम्पनीलाई स्वीकृति दिएसँगै योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीहरुको संख्या ९५ पुगेको छ ।