७ मंसिर, २०८१ शुक्रबार
01:28:57 PM
२५ चैत, २०७८
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (चैत २५ गते शुक्रबार) आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। नेप्सेले इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य ६४५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ।इन्स्योरेन्सले बैशाख ९ गते चौबिसौँ वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा लैनचौर बैङ्क्वेट्स, लैनचौरमा बिहान १० बजेदेखि सुरु हुनेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आइएमई जनरल इन्स्योरेन्सले चैत २५ गतेदेखि आउँदो वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
यसअनुसार हिजो चैत २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन पाउनेछन् ।