७ मंसिर, २०८१ शुक्रबार

12:48:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा वैशाखमा, बुकक्लोज कहिले ?

२५ चैत, २०७८

एभरेष्ट इन्सुरेन्सको वार्षिक साधारण सभा वैशाखमा, बुकक्लोज कहिले ?

काठमाण्डौं । एभरेष्ट इन्सुरेन्सले वार्षिक साधारण सभा वैशाख २१ गते (२०७९) हुने भएको छ । सो सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको हो । 

यस्तै कम्पनीले निर्जीवन बीमा गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव गर्नेछ । 

कम्पनीका अनुसार आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरि पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यसैगरी कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ ।

वैशाख ११ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १२ गते  बुक क्लोज गर्ने भएको छ ।