७ मंसिर, २०८१ शुक्रबार
12:56:38 PM
२५ चैत, २०७८
काठमाण्डौं । उपकार लघुवित्तको सर्वसाधारणका लागि आइपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार यसमध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले शुक्रबार (आज) देखि चैत २९ गतेसम्म आइपीओ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पष्नीले जनाएको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ ।
इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।