८ जेठ, २०८१ मंगलबार

09:43:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बानेश्वरको इन्द्रेणी कप्लेक्समा आगलागी, तीन करोडबढी क्षति

Nepal Business

५ पुस, २०७८

झण्डै रु तीन करोडको क्षति भएको प्रारम्भिक अनुमान

बानेश्वरको इन्द्रेणी कप्लेक्समा  आगलागी, तीन करोडबढी क्षति

काठमाडौँ, ५ पुस : काठमाडौँको बानेश्वरस्थित ईन्द्रेणी कम्प्लेक्समा आज आगलागी भएको छ । उक्त भवनको छैठौँ तलामा रहेको फिटनेश एण्ड स्पा सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले इन्भटरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको बताउनुभयो । अहिले भने आगो पूर्ण नियन्त्रणमा आइसकेको छ । आगो दिउँसे ३ः३० मा लागेको थियो भने ४ः४० मा नियन्त्रण आएको थियो ।

आगलागीबाट झण्डै रु तीन करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो निभाउन नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । यस्तै काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच वटा दमकलको समेत प्रयोग भएको प्रहरीले जनाएको छ ।