१ मंसिर, २०८१ शनिबार
02:38:35 AM
२४ चैत, २०७८
महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको नवनिर्वाचित अध्यक्ष साँवाले जानकारी दिनुभयो ।
नेपाल विजनेश समाचारदाता,
काठमाडौं,
नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा सांसद एलपी साँवा 'लिम्बु' निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा विहिबार सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट साँवाको नेतृत्वमा नयाँ कार्यसमित चयन भएको हो । उहाँ झापा क्षेत्र नम्बर ४ का सांसद पनि हुनुहुन्छ ।
महासंघको दोस्रो महाधिवेशनबाट साँवाको नेतृत्वमा नयाँ कार्यसमित चयन भएको हो । उहाँ झापा क्षेत्र नम्बर ४ का सांसद पनि हुनुहुन्छ ।
महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन गरेको नवनिर्वाचित अध्यक्ष साँवाले जानकारी दिनुभयो ।
महासंघको उपाध्यक्षमा रामबहादुर गुरुङ, डेकनाथ गौतम, डिबी बस्नेत, सिएन पाण्डे, बालकृष्ण शिवाकोटी, सुर्यबहादुर थापा र डा तिलचन्द्र भट्टराई चयन हुनुभएको छ ।
यस्तै महासचिवमा भागिरथ सापकोटा, उपमहासचिवमा सुवर्ण श्रेष्ठ र मिनबहादुर तामाङ, कोषाध्यक्षमा मोहन डाँगी निर्वाचित हुनुभएको छ ।
सचिवहरुमा रघु पुरी, केदारवहादुर बस्नेत, मोति ज्ञवाली, बलराम भट्टराई र खड्गबहादुर खत्री चयन हुनुभएको जनाइएको छ ।