१ मंसिर, २०८१ शनिबार
02:16:24 AM
२४ चैत, २०७८
काठमाण्डौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले थप मूल्यबृद्धिको भार जनतालाई नपार्ने गरि देखिएका समस्याको समाधान खोजिने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्नदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताउनुभएको हो ।
उहाँले चूनौतिपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई पनि गम्भिर भएर समधान गर्ने बताउनुभयो । यसका लाग अल्पकालिन र दिर्घकालिन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासँग छलफल गरिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिनुभएको हो । यसअघि उहाँले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।