१६ बैशाख, २०८१ आइतबार

11:40:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जलवायु परिवर्तनबारे कञ्चनपुर घोषणापत्र जारी

Nepal Business

५ पुस, २०७८

महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणा सहित आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा नौवटै स्थानीय तहका प्रमुख उपप्रमुखले हस्ताक्षर गर्नु भयो ।

जलवायु परिवर्तनबारे कञ्चनपुर घोषणापत्र  जारी


काठमाण्डौं, पुस ५
जलवायु परिवर्तन, विपद जोखिम तथा वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लागि  १५ वुदे कञ्चनपुर घोषणापत्र जारी गरिएको छ । महेन्द्रनगरमा सम्पन्न सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको अवधारणा सहित आयोजित सम्मेलनले जारी गरेको घोषणापत्रमा नौवटै स्थानीय तहका प्रमुख उपप्रमुखले हस्ताक्षर गर्नु भयो ।
घोषणा पत्रमा जलवायु अनुकूलन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति,कार्यक्रमलाई स्थानीयकरण गर्ने, जलवायु विपद् कोष स्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना समुदायको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ र डिसिएको प्राविधिक सहयोगमा यहाँ हरेकवर्ष सम्मेलन आयोजना हुने बताइएको छ । जलवायु परिवर्तन र विपद् जोखिमव्यवस्थान, उत्थानशील शहर र दिगो विकासबारे विस्तृत छलफलसहित भावि योजनातर्जुमा लागि सम्मेलनको आयोजना गरिएको भीमदत्तका नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।
भीमदत्तले दिगो विकासका लागि २५ वर्षे गुरुयोजना निर्माण,आधुनिक शहरको विकासका लागि शहरी योजना आयोग गठनसँगै नगरविकास समितिलेकाम गरिरहेको बताउनुभयो । घोषणापत्रमा जलवायु अनुकूलनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति, कार्यक्रमलाई स्थानीकरण गर्ने, जलवायु विपद् कोषस्थापना गर्ने, भूउपयोग नीतिको कार्यान्वयन, प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच विस्तारगर्ने लक्ष्य लिइएको  बताउनु भयो ।
जोखिम नियन्त्रणका लागि स्रोतसाधनको पहिचान र व्यवस्थापन, आवश्यकजनशक्ति उत्पादनसँगै खोज अनुसन्धानको विकास, एकीकृत योजना निर्माण,हरित नगरको अभियान अघि बढाउने, प्रत्येक वर्ष सुरक्षित र दिगो विकासका लागिउत्थानशील पालिका मञ्च कञ्चनपुर सम्मेलन आयोजना गर्ने विषय घोषणापत्रमा समेटिएको बताउनु  भयो ।
सम्मेलनमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले अगामी वर्षपुनर्वास नगरपालिकाले उक्त सम्मेलन आयोजना गर्ने  बताउनु   भयो दिगो विकास र समृद्धि सामूहिक पहलमा सम्भव हुने बताउनुभयो । जलवायु परिर्वतनको असर बढ्दै जलवायु विज्ञ राजन थापाले कैलाली र कञ्चनपुर बाढीको उच्चजोखिममा रहेको बताउनुभएको छ । पहाडी जिल्लामा हुने जथाभावी विकासले तराईका जिल्ला बाढीको उच्च जोखिम  भएको  बताउनु भयो ।  सुदूरपश्चिममा पानी पर्ने मात्रा बढेको जानकारी  दिनु भयो ।