७ मंसिर, २०८१ शुक्रबार
01:31:00 PM
२४ चैत, २०७८
काठमाण्डौं– लगातार ओरालो लागेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार उकालो लागेको छ । सेयर बजार आज (बिहीबार) दोहोरो अंकले बढेको हो ।
सेयर बजार ३५.६६ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ४ सय ६४.३१ विन्दुमा पुगेको हो । सेयर बजार १.४७ प्रतिशत बढेको हो ।
यस्तै ५४ लाख ४४ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
यसैगरी उपसमुह तर्फ बैंकिङ १.१४ प्रतिशत, टे«डिङ २.६२ प्रतिशत, होटल एण्ड टुरिजम १.१४ प्रतिशत, विकास बैंक १.७ प्रतिशत, हाइड्रोपावर १.०६, फाइनान्स १.३५, निर्जीवन बीमा कमपनी ०.९६ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.८२ प्रतिशत, अन्य १.३३ प्रतिशत, माइक्रो फाइनान्स १.३३ प्रतिशत, लाइफ इन्स्योरेन्स १.९२ प्रतिशत, म्युचल फण्ड ०.७ पतिशत र इनभेष्टमेन्ट १.१२ प्रतिशतले बढेका छन् ।
यस्तै हिमालयन पावर माटर्नर लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थामा सर्किट ब्रेक लागेको छ भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ५.८१ प्रतिशतले बढेको हो ।