७ मंसिर, २०८१ शुक्रबार

01:14:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमई इन्सुरेन्सको सेयरधनी बन्ने बिहीबार अन्तिम दिन, बुकक्लोज कहिले ?

Nepal Business

२४ चैत, २०७८

आइएमई इन्सुरेन्सको सेयरधनी बन्ने बिहीबार अन्तिम दिन, बुकक्लोज कहिले ?

काठमाण्डौं । आइएमई जनरल इन्सुरेन्सको लाभांश पाउन सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको हो । 

कम्पनीका अनुसार यस आधारमा बिहीबारसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीको वैशाख ९ गते वार्षिक साधारण सभा रहेको छ । सभामा ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ।

यस्तै, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतका विषयमा छलफल गरिनेछ । यसैगरी, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।