७ मंसिर, २०८१ शुक्रबार
01:28:53 PM
२४ चैत, २०७८
काठमाण्डौं । सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।
कम्पनीले अर्को वर्ष (२०७९) बैशाख २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले छिटोमा बैशाख ६ गते गतेसम्म र ढीलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आइपीओ खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।