१ मंसिर, २०८१ शनिबार
03:08:03 AM
२३ चैत, २०७८
मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरुले नेतृत्व लिनुपर्ने
काठमाण्डौं– पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले धितोलाई नभएर योजनालाई ऋण दिनुपर्ने बताउनुभएको छ ।
बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्यम गर्न चाहने क्षमतावान व्यक्तिहरुले बिना धितो पनि ऋण पाउने वातावरण हुनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले भने भन्नुभयो, ‘क्षमता नबिक्ने, धितो बिक्ने । ढुङ्गामाटो बारी बन्धगी हुने मानविय मस्तिष्क जसले सिर्जना गरेका योजना त्यसको जमानी केहि नहुने । एउटा योजना आफैँमा जमानी हो।’
ऋण धेरै उपलब्ध गराउन नसके पनि सरकारले उद्योग सञ्चालन गर्न चाहिने समाग्रीहरु उपलब्ध गराउनुपर्ने अध्यक्षले ओलीले बताउनुभयो । ‘ऋण कम दिए पनि उद्योग सञ्चालनका लागि भवन, जमिन, मेसिन, अन्य सामाग्री उपलब्ध गराउनुस्’, उहाँले भन्नुभयो, ‘त्यो काम त सरकारले गरिदिए हुन्छ नि।’
अध्यक्ष ओलीले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरुले नेतृत्व लिनुपर्ने समेत बताउनुभयो
उहाँले आयात घटाउनका लागि प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान उत्पादन गर्नपर्ने धारणा राख्नुभयो । उहाँले अब मुलुक गरिब रहिरहनुपर्ने कुनै कारण नै नरहेको भन्दै स्रोत र साधनको उचित सदपयोगमा जोड दिनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी गर्दै आगामी निर्वाचनपछि एमालेले विकासको कामलाई तिव्रता दिने दावी गर्नुभयो ।
मुलुकलाई अघि बढाउनका लागि वर्तमान सरकारको बर्हिगमन अनिवार्य रहेको उहाँको भनाई छ । उहाँले गठबन्धन अव लामो समय नटिक्ने तर्क गर्नुभयो।
यस्तै उहाँले देशलाई औद्योगिकरणको दिशामा अगाडी बढाउनुपर्ने बताउनुभयो । त्यसका लागि उद्योगहरु प्रविधिमैत्री हुनुपर्ने पनि बताउनुभयो ।
व्यवसायीहरुले उद्योगहरु प्रविधिमैत्री बनाउने तर्फ मात्र नसोचर मानविय श्रमलाई सहज बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुझाव अध्यक्ष ओलीले दिनुभयो ।
यसैगरी उहाँले देश अगाडि बढ्ने ‘इन्जिन’ भनेकै उद्योग व्यवसाय भएकाले नाफामुखी भन्दा पनि मानव जातिलाई सुविधा सम्पन्न गराउन तिर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
अरुको तुुलनामा आफ्नो देशको औद्योगिक क्षेत्र निकै पछाडि रहेकाले यसमा व्यवसायीहरु सशक्त रुपमा लाग्नुपर्ने उहाँको भनाइ छ।