७ मंसिर, २०८१ शुक्रबार

01:31:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा २३.३२ अंकको गिरावट, इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट

२३ चैत, २०७८

कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।

सेयर बजारमा २३.३२ अंकको गिरावट, इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट

काठमाण्डौं । साताको चौथो दिन सेयर बजार ओरालो लागेको छ ।  बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक २३.३२ अंकले घटेर २४२८.७५ विन्दुमा झरेको छ । नेप्से ०.९५ प्रतिशतले घटेको हो । यसैगरी सेन्सेटिभ परिसूचक पनि २.२८ अंकले घटेर ४५५.९४ विन्दुमा पुगेको छ ।

कूल २२६ वटा कम्पनीको ४३ लाख ७२ हजार एक सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७ सय ६४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । 

बिहीबार पनि हिमालयन डिष्टिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ४१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । 

बुधबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको  सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ५ सय ४५ रूपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी, यस दिन इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १ हजार १ सय ९० रूपैयाँ ७० पैसामा झरेको छ ।