७ मंसिर, २०८१ शुक्रबार

01:50:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि–ओपनिङमा सेयर बजार ३३.४५ अंकले घट्यो

२३ चैत, २०७८

प्रि–ओपनिङमा सेयर बजार ३३.४५ अंकले घट्यो

काठमाण्डौं– सेयर बजारको सुरुवात खराब रहेको छ । बुधबार प्रि–ओपनिङमा सेयर बजार ३३.४५ अंकले ओरालो लागेको छ । 

३३.४५ अंकले बजार ओरालो लाग्दा नेप्से परिसूचक २४१८.६१ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । बजार १.३६ प्रतिशतले घटेको हो । 

११ बजेर १६ मिनेट जाँदा दुई लाख ११ हजार ८१२ कित्ता सेयर किनबेच हुँदा १२ करोड ३ लाख ५७ हजार ७३९ रुपैयाँको कारोबार भएको छ । 

यस्तै होटल एण्ड टुरिजम र निर्जीवन बीमा उपसमुह ११ बजेर २ मिनेटमा ०.०३ प्रतिशतले बढे पनि १६ मिनेट जाँदा राताम्मे भएका छन् । यसँगै अन्य उपसमुहहरु पनि राताम्मे छन् ।