१२ साउन, २०८२ आइतबार

09:33:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वीकृत लुम्बिनी प्रदेशको गुरुयोजनामा के छ ?

Nepal Business

२३ चैत, २०७८

सरकारले सञ्चार विधेयक सदनमा पेश गर्ने गरी स्वीकृत गरेको छ

स्वीकृत लुम्बिनी प्रदेशको गुरुयोजनामा के छ ?

लुम्बिनी,

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी राप्ती उपत्यकामा निर्माण गर्ने गुरुयोजना स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले  जानकारी दिनुभयो ।

प्रदेशको राजधानी राप्ती उपत्यकामा निर्माण गर्ने गुरुयोजना स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले  जानकारी दिनुभयो ।

मन्त्री शर्माले प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा प्रदेश राजधानीको निर्माणको कामलाई अघि बढाइने बताउनुभयो । यस्तै सरकारले सञ्चार विधेयक सदनमा पेश गर्ने गरी स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्ले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवं सट्टा बिदा र स्वीकृत गरेको मन्त्री शर्माले बताउनुभयो ।

यस्तैगरी मन्त्रिपरिषद्ले पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले, चित्र बलिराम सुवाल र शान्ता सारुलाई मनोनीत गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्नेलगायत निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।

प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७८ स्वीकृत भएको र प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८  प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८, लालमटिया स्वास्थ्यचौकी, भालुबाङ, दाङलाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सञ्चालन ल्याउन नेपाल सरकारसमक्ष सिफारिस गर्नेसमेत निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।