७ मंसिर, २०८१ शुक्रबार
01:37:24 PM
२२ चैत, २०७८
काठमाण्डौं– साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार आज (मंगलबार) ४६.४६ अंकले ओरालो लागेको नेप्से परिसूचक २४५२.०६ विन्दुमा झरेको हो ।
कूल २२८ वटा कम्पनीको ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ ।
यस्तै मंगलबार होटल एण्ड टुरिजम बाहेकका सबै उपसमुहहरु राताम्मे छन् । होटल एण्ड टुरिजम उपसमुह ०.५ प्रतिशतले बढेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३४ अंकले घटेर ४५८.२२ विन्दुमा झरेको छ ।
मंगलबार धेरै कमाउने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।
राष्ट्र उत्थान र नेष्डो कम्पनीमा सर्किट ब्रेक लागेको छ भने जल्पा कम्पनी ६.०७ प्रतिशतले बढेको छ ।