१७ बैशाख, २०८१ सोमबार

08:28:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकामा ४० सांसदको राजीनामा, राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिने

२२ चैत, २०७८

राजापाक्षेको मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसअघि नै सामूहिक राजीनामा दिएका थिए ।

श्रीलंकामा ४० सांसदको राजीनामा,  राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिने

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले राजीनामा दिएका छन् । तर राष्ट्रपति र उनका भाइ प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने राजीनामा नदिने बताउँदै आउनु भएको छ।

राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आवद्ध दलहरूका ४० सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । 

आर्थिक र विदेशी मुद्रा संकटका कारण विद्युत कटौती र अभावको सामना गरिरहेको श्रीलंकामा राजनीतिक संकट पनि गहिरिएको छ । अलग भएका सांसदहरूले विपक्षीहरूलाई समर्थन गर्ने विषयमा केही खुलाएका छैनन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै विपक्षीले सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन गर्दै आएका छन् । राजापाक्षेको मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसअघि नै सामूहिक राजीनामा दिएका थिए ।