१० मंसिर, २०८१ सोमबार
03:58:06 AM
२२ चैत, २०७८
काठमाण्डौं । सप्तकोशी डेभलपमेन्ट बैंकका केही संस्थापक सेयरधनीले १ लाख ८९ हजार ५५१ कित्ता सेयर बिक्री गर्ने भएका छन् । यसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो।
संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन ।