१० मंसिर, २०८१ सोमबार

04:05:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलेफी हाइड्रोपावरको आइपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुने, कतिको हात खाली ?

Nepal Business

२२ चैत, २०७८

बलेफी हाइड्रोपावरको आइपीओ गोलाप्रथाद्धारा बाँडफाँड हुने, कतिको हात खाली ?

काठमाण्डौं । बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर (आईपीओ) खरिदका लागि २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यो सर्वसाधारणले माग गरेको भन्दा १५.७६ गुणा बढी आवेदन हो । जसमा २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका हुन् । 

कम्पनीले चैत १६ गतेदेखि सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो ।

कम्पनीका अनुसार गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

बलेफीकोलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।