२४ बैशाख, २०८१ सोमबार

12:00:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

२२ चैत, २०७८

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाण्डौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

काठमाण्डौस्थित प्रज्ञा भवनमा बुधबार र बिहीबार हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको हो । महाधिवेशन यहि चैत २३ र २४ गते हुँदैछ । 

महासंघका अनुसार महाधिवेशनको कार्य तालिका, व्यववस्थापन, लगायतका सम्पूर्ण तयारी पुरा भइसकेको छ । सो महाधिवेशनमा देशभरका करिव १२ सय प्रतिनिधि र एक सय परिवेक्षकको सहभागिता रहनेछ । 

दोस्रो महाधिवशनबाट संगठनको १७ पदाधिकारी सहित नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्व चयनका लागि सबै प्रतिनिधिहरु तयारी अवस्थामा रहेको पनि महासंघले जनाएको छ । 

अहिले महासंघमा २७ पदाधिकारी छन् । यस महाधिवेशनबाट १७ जना मात्र पदाधिकारी चुनिनेछन् । महासंघलाई १० जना पदाधिकारी घटाउन हम्मे–हम्मे परेको छ । 

महासंघको पदाधिकारी र नेतृत्व छनोटमा कुनै विवाद नरहेको महासंघका पदाधिकारीहरुले बताउँदै आएका छन् । पदाधिकारीहरुले सर्वसम्मत ढंगबाट नयाँ नेतृत्वको चयन गर्ने बताएका छन् ।  

यसैगरी महाधिवेशनमा साना, मझौला तथा ठूला व्यवसायी सबैको सहभागिता रहनेछ ।

कोभिडका कारणले धरासायी भएका व्यवसाय कसरी माथी उकास्ने, निर्यात बढाउने, वैदेशिक रोजगार, शैक्षिक परामर्श, निर्यात व्यवसाय, हस्तकला, नेपाली उत्पादन कसरी वृद्धि गर्न सकिन्छ भन्ने लगायतका मुद्दा महाधिवेशनमा छलफल हुनेछन् । 

‘जिम्मेवार व्यवसाय, विकास र समृद्धिमा हाम्रो प्रतिवद्धता, लगानीको सुनिश्चितता र रोजगारीको सृजना आजको आवश्यकता’को नारालाई अघि सार्दै महासंघ आर्थिक रुपान्तरण र समृद्धिको मुद्दामा प्रतिवद्ध रहेको छ ।