७ मंसिर, २०८१ शुक्रबार
07:44:50 AM
२२ चैत, २०७८
काठमाण्डौं । समृद्धि फाइनान्स लिमिटेडको बिक्रि नभएको हकम्रद सेयर लिलामीमा आउने आउने भएको छ ।
कम्पनीले निष्काशन गरेको ९ लाख ४० हजार ४ सय ६६ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको हो । जसमध्य ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक समूहको र बाँकी ७३ हजार १०० कित्ता सर्वसाधारण समूहको रहेको कम्पनीले जनाएको छ ।
कम्पनी तथा संघसस्थाले चैत्र २९ गतेदेखि २०७९ बैशाख ७ गतेसम्म उक्त सेयर खरिदका लागि म्म बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीमा रहेका सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ ।लगानीकर्ताले सो वा सो भन्दाबढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले सर्बसाधारण समूहको सेयरका लागि न्युनतम १०० कित्ता र संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकको काम बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले गरेको छ।
लगानीकर्ताले बि.ओ.के क्यापिटल मार्केट लिमिटेड, नक्साल–काठमाडौं, बैंक अफ काठमांडौका शाखा कार्यालयहरु– मेनरोड–बिराटनगर, आदर्शनगर–विरगंज, न्यूरोड–पोखरा, ट्राफिक चोक–बुटवल, सुर्खेत रोड– नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर– सुर्खेत मेनरोड, चौराहा– धनगढी, समृद्धि फाइनान्स कम्पनी लि केन्द्रिय कार्यालय हेटौडा– मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक– काठमाडौं, नारायणगढ–चितवन, पोखरा– कास्की, बुटवल–रुपन्देहीबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।