५ जेठ, २०८१ शनिबार

02:24:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सकियो हाइड्रो एक्स्पो, उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान

Nepal Business

२१ चैत, २०७८

चैत १९ गतेदेखि सुरु भएको एक्स्पोले उर्जा क्षेत्रको विकासमा सहयोग पुगेको आयोजकको भनाइ छ । यो तेस्रोे संस्करणको प्रदर्शनी हो ।

सकियो हाइड्रो एक्स्पो, उर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान

काठमाडौँ,
राजधानीको भृकुटीमण्डपमा भएको  हिमालयन हाइड्रो एक्स्पो सोमबार समापन भएको छ।  चैत १९ गतेदेखि सुरु भएको एक्स्पोले उर्जा क्षेत्रको विकासमा सहयोग पुगेको आयोजकको भनाइ छ । यो तेस्रोे संस्करणको प्रदर्शनी हो । 

आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन पनि माग गरेको छ । उर्जा मन्त्री पम्फा भूषालसामु त्यसका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रस्ताव गर्नुभएको थियो । 

जलविद्युत आयोजना निर्माता, प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीका १०० बढी स्टल थियो । 

बाह्य मुलुकका कम्पनीको समेत सहभागिता थियो ।  

आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन पनि माग गरेको छ । उर्जा मन्त्री पम्फा भूषालसामु त्यसका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रस्ताव गर्नुभएको थियो । 

एक्स्पोमा रोबो कम्पिटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी, जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध प्रदर्शनी भएको थियो । 

प्रदर्शनीमा हाइड्रो पावरसम्बन्धी ६ वटा प्राविधिक सेसन तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।