५ जेठ, २०८१ शनिबार

02:24:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युत व्यापार : भारतको बजार खुल्यो, बङ्गलादेशको पनि खुल्दैछ

२१ चैत, २०७८

बङ्गलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) सम्मिलित उपक्षेत्रीय संयन्त्रमार्फत बङ्गलादेशमा पनि विद्युत् व्यापारको ढोका खुल्ने विश्वास उर्जामन्त्री पम्फा भूसालले दिलाउनु भएको छ

विद्युत व्यापार : भारतको बजार खुल्यो, बङ्गलादेशको पनि खुल्दैछ

काठमाडौँ,

सरकारले विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न तथा खेर जाने पानीलाई विद्युत्मा रुपान्तरण गरेर क्षेत्रीय बजारमा बिक्री गरी मुलुकको आर्थिक रुपान्तरण गर्न जलविद्युत्मा सरकार, निजी क्षेत्रका साथै वैदेशिक लगानी पनि भित्र्याउने तयारी गरिरहेको छ ।

भारतको बजार भने खुला भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणबाट भारतमा नेपालका बिजुली बिक्री गर्नका लागि सम्झौता भएसँगै उक्त बाटो खुलेको हो ।

भारतको बजार भने खुला भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणबाट भारतमा नेपालका बिजुली बिक्री गर्नका लागि सम्झौता भएसँगै उक्त बाटो खुलेको हो ।

बङ्गलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) सम्मिलित उपक्षेत्रीय संयन्त्रमार्फत बङ्गलादेशमा पनि विद्युत् व्यापारको ढोका खुल्ने विश्वास उर्जामन्त्री पम्फा भूसालले दिलाउनु भएको छ । 

“नेपालमा खपत भएर बढी भएको बिजुली भारतमा बिक्री गर्ने अवसर प्राप्त भएको छ”, काठमाडौँमा सोमबार भएको एक कार्यक्रममा मन्त्री भुसालले भन्नुभयो, “भारतको बजार खुलिसकेको छ, अब बङ्गलादेशको बजार पनि खुला हुँदैछ ।”
 
मन्त्री भुसालले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

विद्युत् ऐनमा निजी क्षेत्रले विद्युत् व्यापार गर्ने प्रावधान नभएको र कार्यविधि बनाएर निजी क्षेत्रलाई अनुमति दिन नसकिने भनी कानुन मन्त्रालयबाट राय प्राप्त भएको जानकारी गराउँदै उहाँले अध्यादेशमार्फत ऐन संशोधन गरेर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइने बताउनुभयो ।
 
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजना निर्माणमा जग्गा प्राप्तिका समस्या, वनको रुख कटान, खरिद सम्झौतालयायत समस्या समाधान हुन नसकेको गुनासो गर्नुभयो । 

निजी क्षेत्रलाई हतोत्साहित बनाउने, निजी क्षेत्रको प्रस्तावलाई थन्क्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।