५ जेठ, २०८१ शनिबार

09:44:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलेफी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

२१ चैत, २०७८

सोमबार साँझ ५ बजेसम्म २२ लाख ६४ हजार ३ सय ७८ जना आवेदकले २ करोड ६१ लाख ७१ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

बलेफी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय सकिएको छ । हाइड्रोपावर कम्पनीले चैत १६ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (चैत्र २१ गते, सोमबार) अन्तिम दिन हो । अन्तिम दिनसम्म पनि कम्पनीको आईपीओमा माग भन्दा धेरै बढी आवेदन परेको छ ।

सीडीएसका अनुसार सोमबार साँझ ५ बजेसम्म २२ लाख ६४ हजार ३ सय ७८ जना आवेदकले २ करोड ६१ लाख ७१ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा १५.७३ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले सेयर पाउन भाग्यमा नै भर पर्नु पर्ने देखिन्छ । पछिल्लो समय आईपीओ नपरेर निराश भएका लगानीकर्ताहरुलाई यो कम्पनीले पनि निराश नै बनाउने छ । धेरै लानीकर्ता निराश बने पनि केही लगानीकर्ताहरुमा भने खुसि थपिने छ ।