१९ माघ, २०८१ शनिबार
08:41:02 AM
२१ चैत, २०७८
सभाले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद गरी कूल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा आज (चैत २१ गते सोमबार) सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा उक्त साधारण सभा सोमबार वीरगञ्जमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद गरी कूल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनश सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ४४ हुने कम्पनीले जनाएको छ ।
सभाले संस्थापक सेयरधनीका तर्फबाट गत चैत ७ गते प्रकाशित निर्वाचन कार्यक्रम अनुसार चैत १३ गते संस्थापक संचालकमा उम्मेद्वारी मनोनयन गरी २०७८ चैत १४ गते अन्तिम नामावली प्रकाशित भएअनुसार निर्विरोध निर्वाचित हुनुभएका ४ जना संचालकहरुको नाम घोषणा गरेको छ ।
निर्विरोध निर्वाचित हुनुभएका संस्थापक संचालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान रहनु भएको छ ।
साथै सभाले आर्थिक वर्ष २०७६/०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु पारित गरेको छ ।
सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताउनुभयो ।
त्यसैगरी, सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको जानकारी गराउनुभयो ।