७ मंसिर, २०८१ शुक्रबार

06:49:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार घटे पनि सोमबार यी कम्पनीकोे कारोबार बढी

२१ चैत, २०७८

केही दिनदेखि सेयर बजार र कारोबार रकम दुबै घटिरहेको छ ।

सेयर बजार घटे पनि सोमबार यी कम्पनीकोे कारोबार बढी

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ३०.८९ अकंले घटेको नेप्से सोमबार पनि १५.९४ अंकले घटेको छ ।  

सोमबार २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५२६ रुपैयाँको कारोबार भएको छ । केही दिनदेखि सेयर बजार र कारोबार रकम दुबै घटिरहेको छ ।

सोमबार १ अर्ब ५८ करोडकोे कारोबार हुँदा पनि इमर्जिङ नेपालको सर्वाधिक  कारोबार भएको छ । यस दिन कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सोमबार सूर्या लाइफ इन्स्योरेन्सको ४ करोड ६३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९१ लाख, नबिल बैंकको ५ करोड ६७ लाख, नेपाल टेलिकमको ३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ  ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ३ करोड २४ लाख रुपैयाँ, निफ्राको ३ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ८६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २ करोड ७५ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सेयर बजार निरन्तर घटिरहे पनि केही कम्पनीको सेयर कारोबार बढेको छ । सोमबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 कारोबार सुरु भएदेखि यी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट  लागिरहेको छ । निरन्तर बजार घट्दा लगानीकर्ताहरु निराश बनिरहेका बेला विज्ञहरले भने चैत महिनामा बजार घट्ने गरेको बताएका छन् । उनिहरुले वैशाखको पहिलो सातादेखि बजार बढ्ने पनि बताएका छन् ।