८ मंसिर, २०८१ शनिबार

10:07:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३३ जनामा कोरोना संक्रमण पुष्टि, शून्य संक्रमित जिल्लाको संख्या १८ पुग्यो

२१ चैत, २०७८

निको हुनेको संख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ । निको हुने दर ९८दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

३३ जनामा कोरोना संक्रमण पुष्टि, शून्य संक्रमित जिल्लाको संख्या १८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिन अनसार पाँच हजार ५९ जनामा कोरोना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सक्रिय कोरोना संक्रमितको संख्या ८४२ पुगेकामा पछिल्लो समय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६५ हजार ७१४ पुगेको छ । निको हुने दर ९८दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित जिल्लाको संख्या १८ पुगेको छ । मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।

नेपालमा कोराना संक्रमणदर १७ दशमलव ६ प्रतिशत छ । हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।