६ जेठ, २०८१ आइतबार

07:28:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घरेलु मैदानमा भएको टी–२० सिरिजको उपाधि नेपाललाई

२१ चैत, २०७८

घरेलु मैदानमा भएको टी–२० सिरिजको उपाधि नेपाललाई

काठमाण्डौं । नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले हराउँदै जित हात पारेको हो । 

त्रिकोणात्मक टी–२० श्रृखंलाको ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्र ऐरीले बलिङमा ४ विकेट  लिनुभयो । ऐरीको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

ऐरीले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

यस्तै करण केसीले विष्फोटक व्याटिङ गर्दै १२ बलमा ३३ रन बनाउँदा आशिफ शेखले २९, कुशल भुर्तेलले २५, र मोहम्मद आदिल आलमले १५ रन बनाउनुभयो ।

बलिङतर्फ पीएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कबुआ मोरेअ र रिले हेकुरेले एक–एक विकेट लिनुभयो । 

१६९ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको पीएनजीले १६ ओभर २ बलमा अलआउट हुँदै ११८ रन मात्रै बनायो । सेसे बाउले ५९ र चार्ल्स अमिनीले १५ रन बनाउनुभयो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए। यस्तै करन केसीले तीन र कप्तान सन्दीप लामिछाने दुई विकेट लिनुभयो । लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको हो ।