७ मंसिर, २०८१ शुक्रबार

06:36:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार पनि घट्यो सेयर बजार, इमर्जिङ नेपालको सर्वाधिक कारोबार

२१ चैत, २०७८

आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा पुगेकोे छ ।

सोमबार पनि घट्यो सेयर बजार, इमर्जिङ नेपालको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज (सोमबार) पनि सेयर बजार घटेको छ । आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा पुगेकोे छ । नेप्से ०.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४६६.५५ विन्दुमा पुगेको छ । 

सोमबार कूल २२६ वटा कम्पनीको ३४ लाख २९ हजार ९ सय १७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यसदिन कम्पनीको ६ करोड ३९ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।