१९ माघ, २०८१ शनिबार
08:46:06 AM
२१ चैत, २०७८
चालु आर्थिक बर्षको ८ महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
काठमाडौं । बीमा समितिले चालु आर्थिक बर्षको ८ महिना ( फागुन मसान्तसम्म ) को वित्तीय विवरण सार्वजकि गरेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको ८ महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, सोही अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको ८ महिना सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा ६ वटा कम्पनीहरु रहेका छन् ।
यी कम्पनीहरुले छोटो अवधिमा राम्रो आम्दानी गर्न सफल भएका छन् । छोटो अवधिमा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु यसप्रकार छन्ः
१. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । बीमा समितिले सार्वजनीक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म इन्स्योरेन्स कम्पनीले २३ अर्ब ९३ करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
२.लाइफ इन्स्योरेन्स कर्पोरेशन
लाइफ इन्स्योरेन्स कर्पोरेशनले पनि राम्रो बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले ८ महिनाको अवधिमा ११ अर्ब ११ करोड ७७ लाख ६४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
३. नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको ८ महिना ९ अर्ब १ करोड ३७ लाख ४५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
४. राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थानले पनि चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ६ अर्ब ६८ करोड ४२ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
५. युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्सलले छोटो अवधिमा ५ अर्ब ५८ करोड २१ लाख २६ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।
६. एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब ५४ करोड २७ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।