८ मंसिर, २०८१ शनिबार

01:42:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१००० रन बनाउने पहिलो नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी

२१ चैत, २०७८

दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बन्नुभयो ।

१०००  रन बनाउने पहिलो नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी

काठमाण्डौं । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी ट्वान्टी २० अन्तराष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटर बन्नु भएको छ  । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बन्नुभयो ।

यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुनुहुन्छ। यस सूचीको दोस्रो स्थानका पारसको सात सय ९९ रन छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको सात सय ४८ रन छ ।

यसैगरी ओपनर कुशल भुर्तेल ५ सय ७३ रन सहित चौथो स्थानमा हुनुहुन्छ । उहाँ ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौं खेलाडी समेत बन्नुभयो ।