४ जेठ, २०८१ शुक्रबार

12:44:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन बीमा कम्पनीको बीमा शुल्क १२.१७ प्रतिशतले बढ्यो, कुनकोे कमाइ कति ?

२१ चैत, २०७८

चालु आर्थिक बर्षको ८ महिनामा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीको बीमा शुल्क १२.१७ प्रतिशतले बढ्यो, कुनकोे कमाइ कति  ?

काठमाडौं । बीमा समितिले चालु आर्थिक बर्षको ८ महिना ( फागुन मसान्तसम्म ) को वित्तीय विवरण सार्वजकि गरेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको ८ महिनामा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.१७ प्रतिशत बढी हो । गत आवको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीको समयमा पनि धेरै जसो जीवन बीमा कम्पनीहरुले राम्रो बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा अन्तर्गत नेपाल लाइफको अग्रता कायम रहेको छ । बीमा समितिका अनुसार नेपाल लाइफ इन्स्योरेन्सले २३ अर्ब ९३ करोड १२ लाख ४६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ  ।  यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.९५ प्रतिशत हो । गत आवको ८ महिनामा कम्पनीले कूल २२ अर्ब ६७ करोड रुपैयाँ कूल बीमा शुल्क कमाएका थिए ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.१७ प्रतिशत बढी हो । गत आवको यही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । 

त्यस्तै चालु आवको फागुन मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क ९३.२० प्रतिशतले बढेर २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो।

राष्टिय बीमा संस्थानले चालु आवको ८ महिनामा ६ अर्ब ६८ करोड ४२ लाख ४८ हजार रुपैयाँ कूल बीमा शूल्क आर्जने गरेको छ । गत आवमा कम्पनीले ६ अर्ब ६२ करोड कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको ८ महिनामा ९ अर्ब १ करोड १३ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोे छ । गत आवमा कम्पनीले ७ अर्ब ८३ रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोे थियो ।

एशियन लाइफ इन्स्योरेन्सले चालु आवको ८ महिनामा ४ अर्ब ५४ करोड २७ लाख १० हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । गत आर्थिक बर्षमा कम्पनीले ४ अर्ब ४ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

युनियन लाइफले ५ अर्ब ५८ करोड २१ लाख ३६ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् ।  गत आवमा कम्पनीले ४ अर्ब ६७ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

मेट लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ५७ करोड २८ लाख ९४ हजार रुपैयाँ कूल बीमा शुल्क कमाएको छ । गत आवमा कम्पनीले ३ अर्ब ५१ करोड रुपैयाँ कूल बीमा शुल्क कमाएको थियो ।

त्यस्तैगरी, सिटिजन लाइफले चालु आवको ८ महिनामा ३ अर्ब ४८ करोड १८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको समितिले जारी गरेको विवरणमा उल्लेख छ । गत आवमा कम्पनीले २ अर्ब ७ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४२ करोड ७२ लाख ४२ हजार रुपैयाँ कूल बीमा शुल्क कमाएको छ । गत आवको समीक्षा अवधीमा कम्पनीले ३ अर्ब २ करोड ७५ करोड रुपैयाँ कूल बीमा शुल्क कमाएको थियो ।

नविकरण शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, सूर्या लाइफले ३ अर्ब २२ करोड ७३ लाख १४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आवमा २ अर्ब ९६ करोड रुपैयाँ कमाएको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्सले फागुन मसान्तसम्ममा २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

ज्योति लाइफले २ अर्ब ३४ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ मात्र कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

गुराँस लाइफले फागुन मसान्तसम्ममा २ अर्ब ८ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।  गत आवमा कम्पनीले २ अर्ब ६८ करोड कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

प्रभु लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी आर्जन गरेको छ ।  कम्पनीले गत आवमा ८९ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

सानिमा लाइफ इन्स्योरेन्सले १ अर्ब ५३ करोड रुपैयाँ कूल बीमा शुल्क कमाएको छ ।  गत आवमा कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ कूल बीमा शुल्क कमाएको थियो ।

आईएमई लाइफले चालु आवको ८ महिनामा २ अर्ब १४ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ६१ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

महालक्ष्मी लाइफले ९३ करोड २९ लाख रुपैयाँ कूल बीमा शुल्क कमाएका छन् । गत आवमा कम्पनीले ६८ करोड रुपैयाँ कूल बीमा शुल्क कमाएका थिए ।

त्यस्तै, रिलायबल नेपाल लाइफले फागुन मसान्तसम्ममा २ अर्ब ६६ करोड रुपेयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ८५ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा कुल ८२ अर्ब २० करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसमध्ये २८.१० प्रतिशत अर्थात २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट संकलन भएको छ ।

यस्तै नविकरण शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।