१७ बैशाख, २०८१ सोमबार

08:54:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सबै दललाई सरकारमा सहभागी हुन राष्ट्रपतिको आग्रह

२१ चैत, २०७८

आइतबारराती सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए ।

 सबै दललाई सरकारमा सहभागी हुन राष्ट्रपतिको आग्रह

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षले देशमा विद्यमान आर्थिक संकट समाधानका लागि सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन आग्रह गर्नु भएको छ ।

उहाँले  देशको वर्तमान आर्थिक संकट समाधान गर्नका लागि मुलुकमा रहेका सबै राजनीतिक दल मिलेर काम गर्नु पर्ने बताउँदै दलहरुलाई सरकारमा सहभागी हुन आवह्वान गर्नु भएको हो ।

आइतबारराती सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक संकट समाधानका लागि काम नगरेको भन्दै नागरिकस्तरबाट प्रदर्शन सुरु भएपछि उनीहरले राजिनामा दिएका हुन् । ५ वर्षका लागि प्रत्यक्ष निर्वाचित श्रीलंकाका राष्ट्रपतिलाई जुनसुकै बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद विघटन र गठन गर्ने अधिकार छ ।

गत बिहीबार आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति राजपाक्षेको निजी निवास घेराउका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए । त्यसपछि सरकारले देशभर संकटकाल लगाएको छ ।