७ मंसिर, २०८१ शुक्रबार

05:11:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण

Nepal Business

४ पुस, २०७८

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण

सुदुरपश्चिम, ४ पुस । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८० जनाको नमुना परीक्षण गरिएको थियो । 

स्वास्थ्य निर्देशनालयका अनुसार एन्टीजेन विधिमार्फत कैलालीका तीन तथा बैतडी र कञ्चनपुरका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–१ का ८५ वर्षीय पुरुषको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो ।   

यसअघि आज यस प्रदेशमा दुई जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१३ जनाको ज्यान गइसकेको छ ।