४ जेठ, २०८१ शुक्रबार

07:52:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन, क–कसले दिन पाउँछन् आवेदन?

२१ चैत, २०७८

कम्पनीले चुक्ता पुँजी १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन, क–कसले दिन पाउँछन् आवेदन?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (चैत २१ गते सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।  सेयरधनीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, शिखर इन्स्योरेन्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था साथै मेरो सेयरबाट पनि हकप्रद सेयष्रमा आवेदन दिन सक्नेछन् ।