२ जेठ, २०८१ बुधबार

08:08:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाखौँको श्रोत खुलाउन नसकेपछि पक्राउ परे तीन व्यक्ति

४ पुस, २०७८

लाखौँको श्रोत खुलाउन नसकेपछि पक्राउ परे तीन व्यक्ति

सर्लाही, ४ पुस । दुई छुट्टाछुट्टै स्थानबाट श्रोत खुलाउन नसकेको आठ लाख रुपैयाँ सहित दुई व्यक्तिलाई ससस्त्र प्रहरीले पक्राउ गरेको छ । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले नक्कली नेपाली रुपैयाँ १ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ बर्षिय प्रमोद कुमार र ३७ बर्षिय आशिष कुमार छन् ।  
बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको ससस्त्र प्रहरीले जनाएको छ । 

यता  महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख नेपाली रुपैयाँसहित धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ८ बस्ने २१ बर्षिय तुलसी साहलाई पक्राउ गरेको छ ।  भारबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।