७ मंसिर, २०८१ शुक्रबार

07:28:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार घटे पनि आइतबार यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२० चैत, २०७८

आइतबार कारोबार १ अर्ब ४६ करोड रुपैयाँमा सिमित हुदाँ पनि तीन कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

सेयर बजार घटे पनि आइतबार यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २३ अकंले घटेको नेप्से आज (आइतबार) ३०.८९ अकंले घटेको हो ।

सेयर बजारसँगै आइतबार कारोरबार रकम पनि घटेको छ । आइतबार २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कारोबार १ अर्ब ४६ करोड रुपैयाँमा सिमित हुदाँ पनि तीन कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस दिन राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेष्डो समृद्धि लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आइतबार जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशत, एनआईबिएल समृद्धि फण्डको २.४९ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको २.४७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको २.४२ प्रतिशत र यूनियन लाईफ इन्स्योरेन्सको १. प्रतिशतले बढेको छ ।

सेयर बजार घटेपनि आइतबार यी कम्पनीका लगानीकर्ताहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । बजार घटेर अधिकांश सेयधनीहरु निराश भएको समयमा केही मात्र कम्पनीका लगानीकर्ता उत्साहीत भएका हुन् ।